मुग्लिन–पोखरा सडक विस्तारः एडीबीले २१ अर्ब ५० करोड रुपैयाँ ऋण दिने

काठमाडौंः एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ ।

एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो ।

याे पनि पढ्नुस  एक नेपालीको थाप्लोमा ३७ हजार तीन सय !

एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो । १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबील्े ऋणका लािग सहमति जनाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्