ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौंः शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ७० हजार ५ सय रुपैयाँ पुगेको सुन आज भने बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार तेजावी सुनको मूल्य ७० हजार २ सय रुपैयाँ निर्धारण गरेको थियो । तर, आज भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको छ ।

केही दिन स्थिर रहेको चाँदीको भाऊ पनि शुक्रबार बढेको छ ।

बिहीबार ८ सय ६० रुपैयाँ पुगेको चाँदी आज भने प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्