(कविता): अतृप्त सपना

कृष्णमणि पराजुली:

एउटा बिक्षीप्त जीवनका पनि
कति मीठा सपना हुने रहेछन्
धर्ती छोड्न नपाए पनि
माथि माथि उड्न सकिदो रहेछ
एउटा अतृप्त सपनामा ।

कहिले महल छुन्छ सपनाले
कहिले आँखा भरी फाँटै फाँट देख्छ सपनाले
कहिले धर्तिनै हल्लीने गरी
आवाज उठाएको हुन्छ सपनाले
हो, एउटा अतृप्त सपनाले ।

बिपनामा पनि हुँदो रै छ सपना
झल्याक् झुलुक आई दिन्छन्
अनगिन्ती मान्छेका अनुहारहरु जस्तै
एकै छिन उनीहरु जस्तै
भईदिन मन लाग्छ
तर,
मन मान्दै मान्दैन
सपना कल्पना जस्तो लागि दिन्छ
यो केवल क्षणीक मात्र हो
एकै छिन् मन बहलाउने मात्र हो
मान्छेको मन्मा अल्झिएको
हो, यो एक अतृप्त सपना ।

नेताको भाषण आईदिन्छ सपनामा
जहाँ,
बन्द भएको धारामा
छेलो खेलो भई दिन्छ पानी
छता छुल्ल चिल्ला सडक
निशुल्क शिक्षा, स्वास्थ्य
अनि रोजगारी
अतृप्त मेरो समनामा ।

अनगिन्ति जवाफ
यसरी दिएको हुन्छु म
सुखी नभए पनि खुशी छ यो मन
दुखी भएपनि धनी छ यो मन
भौतिक बिकास नभए पनि
सन्तुष्ट छ यो मन
हो,
त्यसैले तिमी भन्दा म खुशी छु
तिम्रो देश भन्दा मेरो देश समृद्ध छ
केवल अतृप्त स्वर्णीम सपनामा
केवल अतृप्त स्वर्णीम सपनामा ।

लेखक पराजुली नेपाल सरकारका पूर्ब उपसचिब हुन् ।

कमेन्ट गर्नुहोस्