शहरभरी कंकालै कंकाल देखिएपछि (फोटो फिचर)

काठमाडौं: मृतक व्यक्तिको सम्झनामा नेपालमा गाईजात्रा मनाईन्छ । गाइजात्राका दिन बिभिन्न किसिमका मुकण्डो लगाएर प्रहसन गर्ने गरिन्छ ।

उता ल्याटिन अमेरिकी देश मेक्सिकोमा भने  मृतक व्यक्तिहरुको सम्झनामा दुई दिने महाउत्सव नै मनाईन गरिन्छ । अहिले यो उत्सव मेक्सिकोभरि चलिरहेको छ ।

यो उत्सव सुन्दा डरलाग्दा तर निकै रमाईलो मानिन्छ । अहिले मेक्सिकोका शहरभरी कंकालहरुका बिभिन्न मूर्ति र चित्रहरु स्थापना गरिएका छन् । उत्सव मनाउन बालबालिकादेखि बृद्धसम्म भूतको मेकअप गरेर हिँडेको देखिन्छ ।

मेक्सिको सिटीको टालाहुआक सडकमा एउटा विशाल कंकाल सबैको आकर्षणको केन्द्र बनेको छ । यसलाई स्थानीय बालबालिकाले खेल्नका लागि बनाईको बताइएको छ । कंकाल यसरी बनाईएको छ मानौं यो सडकबाट बाहिर निस्किन खोजेको छ ।

बीबीसीका अनुसार, यो कंकाल गत २९ अक्टुबरका दिन सडकमा राखिएको थियो । मेक्सिकोमा दुई हजार वर्षदेखि यो डे अफ द डे उत्सव दुई हजार वर्षदेखि मनाईदै आइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: