काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज घरेलु टिम अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।
अन्तिम तथा तेस्रो खेलमा ७ विकेटको जित हासिल गरेपछि अष्ट्रेलियाले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।
सिरिजको अन्तिम खेलमा श्रीलंकाले दिएको १४३ रनको लक्ष्य अष्ट्रेलियाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि ओपनर डेभिड वार्नरले अर्धशतक बनाए । उनले १ छक्का र ४ चौकाको मद्दतमा ५० बलमा नटआउट ५७ रनको योगदान दिए ।
यस्तै कप्तान आरोन फिन्च ३७, स्टिभ स्मिथ १३, बेन म्याक्डमोर्ट ५ रनमा आउट भए ।
एश्टन टनर २ छक्काको मद्दतमा १५ बलमा नटआउट २२ रन बनाए ।
बलिङमा श्रीलंकाका लसिथ मलिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएका श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो ।
उसका लागि कुसल परेराले सर्बाधिक अर्धशतक बनाए । उनले १ छक्का र ४ चौकाको मद्दतमा ४५ बलमा ५७ रनको योगदान दिए ।
यस्तै अभिश्का फर्नान्डो २०, कुसल मेन्डिस १३, शेहन जयसूर्या १२, ओसादा फर्नान्डो ६ रनमा आउट भए ।
भानुका राजापाक्षे १७ र कप्तान लसिथ मलिंगा ७ रनमा नटआउट रहे ।
बलिङमा अष्ट्रेलियाका केन रिचर्डसन, प्याट कुमिन्स र मिचेल स्टार्कले २–२ विकेट लिए ।
श्रीलंका–अष्ट्रेलियाबीचको अन्तिम खेल मेलबर्नमा भएकाे थियाे ।