मिसेस इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट स्नेहाको प्रतिनिधित्व

सिंगापुरः विवाहित महिलाबीच सिंगापुरमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा यो वर्ष मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेण्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।

मिसेस इन्टरनेशनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टामा चोट लागेकाले योपटक उनी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नहुने भएपछि रिवन इन्टरटेनमेन्टले सेकेण्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर प्रस्थान

रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्योपानेलाई सो प्रतियोगिता अन्तर्गतको एमएस इन्टरनेशनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गराइएको छ ।

प्रतियोगितामा सहभागी हुन स्नेहा र संगीता गत विहीबार नै सिंगापुर पुगिसकेका छन् । उनीहरु कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका हुन् । दुबै विजेतालाई सो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न कोरियोग्राफर अश्विनी झालगायत विभिन्न विधाका विज्ञहरुले विविध प्रशिक्षण दिएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा, भोलि स्वदेश फर्किँदै

आयोजक निशु झाका अनुसार प्रतियोगिताका विभिन्न चरण शुक्रवारदेखि शुरु भइसकेका छन्, भने आगामी नोभेम्बर ९ तारिखसम्म चल्नेछ । प्रतियोगिताको अन्तिम स्पर्धा भने नोभेम्बर ८ तारिखका दिन सिंगापुरको अर्किड कन्ट्री क्लबमा हुनेछ ।

प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइने छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जाँदै गौतम र पौडेल

यसअघि अघिल्लो वर्षकी मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमै आयोजित मिसेस इन्टरनेशनल २०१८ मा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी थिइन् ।

सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ मा गिरीले फ्रेण्डली इन्टरनेशन उप उपाधि पनि जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्