चिताबाट शव निकालेर खाने बाबा !

काठमाडौंः यो संसारमा मानवरुपी मानव पनि बस्छन् । हत्या हिंसा जस्ता घटनामा संलग्न हुनेहरु सायद दानवरुपी मानवभित्र पर्छन् । त्यस्तै उत्तरप्रदेशमा पनि एकजना मानवरुपी दानव भेटिएका छन् ।

हालै मात्र मसानघाटमा बस्ने एक जना बाबाले १३६ मानिसको शवको आधा जलेको शरीरको मासु खाएको खबर बाहिरिएको छ । दिपावलीको दिन राति शव खाने बाबा र उनका एकजना चेलाको हत्या भएसँगै यो खबर बाहिर आएको हो ।

हत्याको आरोपमा पक्राउ परेका हत्या आरोपीसँग बयान लिने क्रममा बाबाले केहिदिन अघि मात्र मृत्यु भएकी आफ्नी बहिनीको आधा जलेको शरीरको मासु खाएकाले आफूले उनको हत्या गरेको बताएका छन् ।

यति मात्र होइन बाबाले शवको मासु खाने गरेको खबर बाहिरीएसँगै २६ जना अन्य पिडीतहरुले बाबाले आफ्ना परिवारको शव पनि खाने गरेको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार ति युवाले दिपावलीको दिन रक्सी पिएर साथीका साथमा मसानघाट गई बाबा र उनका एक चेलाको टाउको कुल्चेर हत्या गरेको बताएको छ । बाबाले नशामा रहने मानिसको पनि तान्त्रिक शक्ति प्रयोग गरेर मासु खाने गरेको कुरा पत्ता लागेको प्रहरीले बताएको छ।

मासु खाने बाबाको हत्या भएको र हत्या आरोपी पक्राउ परेको थाहा पाउने बित्तिकै लगातार २६ जना प्रहरी चौकीमा पुगे र बाबाले शवको मासु खाने गरेको आरोप लगाए । यो सँगै प्रहरी अनुसन्धानमा बाबाले एक बर्षमा १३६ शवको मासु खाएको खुलासा भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: