काठमाडौंः पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री पियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनिल थापा । लामो समय उनी यही फिल्मको गेटअपमा देखिइरहे ।
बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको ‘क्वाथा’ मा देखिने करिब पक्का भएको छ । फिल्ममा काम गर्नेबोर आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए ।
अर्को साता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।