यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौंः आइतबार नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार २ सय पुगेको सुनको मूल्य आज पनि त्यहीँ कायम रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार पनि तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँ निर्धारण गरको छ ।

शुक्रबार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला त्यहीँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्