बुवाबाट बलात्कृत भएर २ पटक गर्भपतन र १३ वर्षमा बच्चा जन्माएकी किशोरीको आत्मकथा आउँदै

लण्डन : ६ वर्षका उमेरदेखि आफ्नै बुवाबाट पटकपटक बलात्कारमा परेकी एक युवतीले आफ्नो आत्मकथा सार्वजनिक गर्न लागेकी छिन् ।

बुवाको यौनशोषणमा परेकी श्यानन क्फ्टिनले आफूमाथिको अत्याचारका बारेमा पुस्तक सार्वजनिक गर्न लागेकी हुन ।

मिरर युकेका अनुसार, ६ वर्षको उमेरदेखि नै उनको बुवाले उनीमाथि यौनशोषण शुरु गरेका थिए । अहिले उनी १९ वर्ष पुगिन ।

आफू जस्तै अन्यायमा परेका महिलाहरुलाई सहयोग गर्न चाहेको उनले बताएकी छिन् ।

पाँचको वर्षको उमेरमा उनका बुवा र आमा छुट्टिएका थिए । बुवा र आमा अलग भएपछि उनी बुवासँगै अन्यत्र सरेकी थिइन । रे क्ल्फ्टिन नाम गरेका उनका बुवाको शोषणमा परेकी श्याननले पहिलोपटक ११ वर्षको उमेरमा गर्भपतन गरेकी थिइन ।

“उसले मलाई स्कूल पठाउन अघि, फर्केपछि र मध्यरातमा समेत कैयन पटक बलात्कार गथ्र्यो । अधिकांश समय दिनमा ४ पटक म बलात्कृत हुन्थेँ ।” श्याननको भनाई समाचारमा उल्लेख छ, “निर्मम तरिकाले कुटपीट गर्ने, बलात्कार गर्ने गरेपछि ११ र १२ वर्षको उमेरमा मेरो गर्भपतन समेत गराइयो ।”

तेश्रोपटक गर्भवती भएपछि उनले ब्लेडले नसा काटेर मर्ने कोशिस पनि गरिन । ‘तर मलाई मेरो बच्चा जन्माउन मन लाग्यो । अनि आत्महत्या गर्ने विचार त्यागेँ ।” उनले भनिन ।

शुरुमा उनले यो कुरा कसैलाई भनिन् । पछि स्कूलका शिक्षक शिक्षिकाले अस्वभाविक तरिकाले उनको पेट बढेको देखेपछि सोधपुछ गरेपछि उनको उद्द्दार भएको थियो । स्पोन्डनमा रहेको वेष्ट पार्क स्कूलको सहयोगले यसको खबर सरकारी अधिकारीहरुलई गरेपछि उनको बुवालाई पक्राउ गरि मुद्दा चलाइएको थियो ।

अदालतले दुव्र्यवहारको आरोपमा उनको बुवा रेलाई सन् २०१५ मा १५ वर्षको जेल सजाय सुनाएको थियो । पछि गएर यो सजाय ५ वर्ष घटाएर १० वर्षमा झारियो ।

“अब पेरोलम ऊ ४, ५ वर्षमैं छुट्न सक्छ । अनि मलाई खोज्छ होला । म निकै आत्तिएकी छु ।” श्यानन भन्छिन्, “मैले उविरुद्द अदालतमा बयान दिएको हुँदा म माथि जे पनि गर्न सक्छ, त्यसैले म विदेश गएर बाँकी जीवन बिताउन खोजेकी छु ।”

शेननको छोरालाई पछि अरु नै दम्पत्तिले एडोप्ट गरेका थिए । श्यानन भने भविष्यमा आफ्नो बच्चासँग भेट हुनेमा आशावादी छिन् ।

उनले फोरेन्सिक साइकोलजी पढिरहेकी छिन् । साथै सामाजिक कार्यमा समेत सक्रियता देखाएकी छिन् । डिप्रेसनमा पुगेकी उनको लामो समय उपचार गरिएको बताइन्छ ।

यसै वर्ष उनले “मैले माया गरेको राक्षस” (मोनष्टर आई लभ्ड) नामक पुस्तक सार्वजनिक गर्दैछिन् । “म मानिसहरुलाई भन्न चाहन्छु, उम्किने बाटो अवश्य हुन्छ ।” उनले भनिन, ‘सुरुङमा जति अँध्यारो भएपनि यसले अन्तिममा उज्यालो नै हुन्छ । अहिले पनि मलाई नचिन्नेहरुले भेट्दा मैले त्यति ठूलो यातना सहेको विश्वास नै गर्दैनन । त्यसैले सत्यको पक्षमा बोल्नैपर्छ, आत्तिनु हुँदैन ।”

कमेन्ट गर्नुहोस्