मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला

काठमाडौंः मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

याे पनि पढ्नुस  तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा, सर्यो मन्त्रिपरिषद र नेकपा सचिवालय बैठक

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्