सुनकोशीमा बस दुर्घटना हुँदा ६ को मृत्यु, १५ जना घाइते

दोलखाः दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ को यात्रुबहाक बस सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको हो । सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले दुर्घटनामा ६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताए।

बस नदीमै डुबेर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । हाल उद्धार जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन सकेको छैन ।

बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको बताइएको छ । दुर्घटनामा शैलुंगेश्वरी यातायातको बस परेको हो । दुर्घटनाको थप बिवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्