१२ वर्षदेखि बाडुल्की का कारण हैरान छिन् यी महिला, औषधीले पनि काम गरेन

काठमाडौं, हामीकहाँ बाडुल्की लागेमा कसैले सम्झेको होला भन्ने गरिन्छ । तर मेडिकल साइन्सले भने यो मान्दैन । मेडिकल साइन्सले हावा भरिएर या कुनै बिरामीको लक्षणका कारण बाडुल्की आउने बताउँछ ।

तर मेडिकल साइन्सलाई पनि फेल गरेकी छिन् यी अमेरिकी महिलाले ।

टेक्निसियन लीजा ग्रेभ्स को कथा यस्तै छ । ३१ वर्षकी लिजा अहिले दुई बच्चाकी आमा छिन् । अमेरिकाको लिंकनमा बसोबास गर्ने लिजा १२ वर्षदेखि लगातार बाडुल्की आएर हैरान छिन् ।

कतिपय बेला त कुकुरले भुकेजस्तो आवाज निस्किन्छ । तर उनले यो समस्याबाट मुक्ति खोजेपनि अहिलेसम्म केही उपाय पत्ता लाग्न सकेको छैन ।

भन्छिन, “अब त अभ्यस्त भैसकेँ ।”

उनले निकै चेकजाँच गरिन, औषधी पनि खाइन । तर न यो बाडुल्कीको कारण पत्ता लाग्यो न त यो रोकियो नै ।

पहिलो छोरी पाएपछि लिजालाई एउटा सामान्य स्ट्रोक आएको थियो । चिकित्सिकहरुका अनुसार, यस्ता बाडुल्की यही स्ट्रोकको साइड इफेक्ट हुन सक्छ । तर यसको वास्तविक कारण भने उनीहरु पनि बताउन सकिरहेका छैनन् ।
लिजाका अनुसार, कतिपय बेला बाडुल्कीकै कारण निन्द्रा समेत खल्बलिने गर्दछ । उनका श्रीमान समेत यो आवाज सुनेर उठन पुग्छन् ।

अहिलेसम्म सबैभन्दा लामो समयसम्म बाडुल्की आउने रेकर्ड भने चाल्र्स ओसबर्नको छ । अमेरिकी नागरिक चाल्र्सले ६८ वर्षसम्म बाडुल्की बोकेर बाँचे । केही समय त उनलाई एक मिनेटमा ४० पटक सम्म बाडुल्की आउँथ्यो रे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: