एमसीसीद्वारा नेपाललाई २०२ रनको लक्ष्य, पवन–ललितको उत्कृष्ट बलिङ

काठमाडौंः नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ५० ओभरको खेलमा नेपाली राष्ट्रिय टिमलाई २०२ रनकाे लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एमसीसीले ३९ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनायो ।

उसका लागि बिलि गोडलम्यानले ५२, विल रोड्सले ५४, विल भानडरसपारले ३६ रन, एलेक्स थप्सनले १६, कप्तान जिमी एडम्स, टम वेस्टलीले १०–१० रन बनाए ।

बलिङमा ललितनारायण राजवंशी, पवन सराफले ४–४, अभिनाश बोहरा र करण केसीले एक–एक विकेट लिए ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी प्लेइङ ११ मा समावेश गरिएका छैनन् ।

निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई प्लेइङ–११ मा समावेश नगरिएको हो ।

नेपालको प्लेइङ–११

ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेषावकर
दीपेन्द्रसिंह ऐरी

आरिफ शेख
विनोद भण्डारी

पवन सर्राफ
करण केसी
ललित नारायण राजवंशी

विक्रम सोब
अविनाश बोहोरा
इशान पाण्डे

एमसीसीको प्लेइङ–११

जिमी एडम्स (कप्तान)
विल रोड्स

क्यलम ज्याक्सन
बिलि गोडलम्यान

टम वेस्टली
विल भानडरसपार

माइल्स ह्यामन्ड
एलेक्स थम्प्सन
यासिर अरफत

क्रिस राइट
ओलिभर ह्यानन–डाल्बी

 

कमेन्ट गर्नुहोस्