नयाँ उपकुलपति भन्छन्, ‘त्रिविलाई विश्वमा चिनाउँछु’

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले त्रिभुवन विश्वविद्यालयलाई विश्वभर चिनाउन पहल गर्ने दावी गरेका छन् ।

सोमबार त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा पदभार ग्रहण गर्दै उनले यस्तो दावी गरेका हुन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उनलाई त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए।

याे पनि पढ्नुस  अनलाइनमार्फत पठनपाठन शुरू गर्दै त्रिवि, स्थगित परीक्षा कहिले ?

बाँस्कोटा चिकित्साशास्त्र अध्ययन संस्थानमा नाक, कान र घाँटी रोगका विज्ञेषज्ञ हुन् । २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षक पदबाट त्रिवि सेवामा प्रवेश गरेका थिए । उनी २०६६ सालमा प्राध्यापक पदमा बढुवा भएका थिए । त्रिवि ऐन २०४९ अनुसार त्रिवि उपकुलपतिको पदावधि ४ वर्षको रहने व्यवस्था छ ।

याे पनि पढ्नुस  त्रिभुवन विश्वविद्यालयमा जागिरको अवसर (सूचनासहित)

पदभार लगत्तै आयोजित कार्यक्रममा उनले मन, धन र कर्मले प्रतिवद्ध भइ काम गर्ने बताए।
निष्पक्षता, पारदर्शिता, सामुहिकता र जवाफदेहिता सहितको काम गर्ने गराउने कार्यमा सबैसँग मिलेर अघि बढ्ने उनले बताए।

कमेन्ट गर्नुहोस्