स्मिता र टंकको आवाजमा ‘चिटक्क परी बस हैँ? बजारमा (भिडियोसहित)

काठमाडौंः पछिल्लो समयमा चर्चित गायक–गायिका टंक बुढाथोकी र स्मिता दाहालको नयाँ गीत सार्वजनिक गरिएको छ ।

उनीहरुको आवाजमा रहेको ‘चिटक्क परी बस हैँ?’ बोलको गीत आइतबार सार्वजनिक गरिएको हो ।

यो गीतको म्यूजिक भिडियोमा ‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सींग रहेको छ ।

गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उपे्रतिको छाँयाकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्