यी हुन् ‘भ्वाइस अफ नेपाल’को टप १२ मा पुग्न सफल प्रतिस्पर्धी

काठमाडौंः सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को नकआउट चरण सकिएको छ ।

आयोजकले दोस्रो सिजनबाट नकआउट राउण्ड सुरु गरेको हो । नकआउटबाट १२ जना प्रतियोगिहरु छानिएर लाइभ शोसम्म पुगेका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको सोको नकआउटबाट ४ जना निर्णायकले आफ्नो टिममा उत्कृष्ट तीन प्रतियोगी छानेका छन् ।

याे पनि पढ्नुस  द भ्वाइस अफ नेपालको फिनाले कतारमा हुने
यी हुन् ‘भ्वाइस अफ नेपाल’को टप १२ मा पुग्न सफल प्रतिस्पर्धी

भ्वाइसका कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ राउन्डमा पुगेका छन् भने कोच आस्थाको टिमबाट यांकी, शशिका, आरिफले यात्रा अगाडि बढाएका छन् ।

यस्तै कोच प्रमोदले बलबहादुर, मेचु र रामलाई लाइभमा पुर्याएका छन् र कोच राजुको टिमबाट गीता, अञ्जु र शनिशले लाइभको यात्रा सुरक्षित गरेका छन् ।

याे पनि पढ्नुस  द भ्वाइस् अफ नेपाल ग्रान्ड फिनालेको तयारी पूरा

आगामी हप्ताबाट सुरु हुन लागेको लाइभ राउन्डमा प्रतियोगीलाई अघिल्लो राउन्डमा पुर्याउने भन्ने निर्णय दर्शकको हातमा हुनेछ । जसलाई दर्शकले मन पराउँछन् उनीहरुले अगाडिको यात्रा तय गर्न पाउँछन् ।

नकआउट चरणमा १८ प्रतियोगी रहेको प्रत्येक टिमबाट ६ प्रतियोगी बाहिरिएका छन् । केही प्रतियोगी बाहिरिँदा भ्वाइसको पारदर्शितामा नै प्रश्न समेत उब्जिएको छ ।

कमेन्ट गर्नुहोस्