बझाङमा सुरुङभित्र फसेका ४ मध्ये तीन जना मृत भेटिए

चैनपुरः बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने सुरुङभित्र फसेका छन् ४ कामदार मध्ये तीन जना मृत फेला परेका छन् ।

आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका कामदार सुरुङ भित्र हराएपछि खोजीका लागि काठमाडौंबाट हेलिकोप्टर टोली खोजीका लागि पुगेका थियो ।

तिहार लगायतका चाडका बेला काम बन्द रहेको सो सुरूङमा काम शुरू गर्ने तयारीका लागि भित्र गएका बेला अक्सिजन नभएपछि उनीहरू बेहोस भएको डिएसपी गणेशबहादुर बमले बताए ।

उनीहरूसँगै गएका २ जना कामदार भने फर्कन सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्