नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कु सुवेदीलाई हृदयघात भएको छ ।

हृदयघात भएपछि सोमबारै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको मुटुको अप्रेशन गरिएको छ ।

नर्भिक अस्पतालको आइसियुमा उपचाररत सुवेदीको मुटुको अप्रेशन सफल भएको चिकित्सकहरुले बताएका छन्। ‘मेजर हार्टअट्याक पछि नर्भिकमा सुवेदीको अप्रेशन गरिएको छ ।

राष्ट्रिय युवासंघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले दिएको जानकारी अनुसार सोमबारै नर्भिकमा उनको मुटुको अप्रेशन गरिएको हो ।

सोमबारै बिहान दाङतर्फ स्थलमार्गबाट हिँडेका नेता सुवेदी थानकोट पुगेपछि बेहोस भएका थिए । गाडीमै बेहोस भएका सुवेदीलाई सीधै नर्भिकमा भर्ना गरेर उपचार थालिएको थियो ।

कमेन्ट गर्नुहोस्