आज पनि घट्यो सुनको मूल्य

काठमाडौंः मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ७१ हजार पुगेको सुनको मूल्य आज भने २ सय रुपैयाँ घट्दै ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि आज घटेको छ ।

सोमबार प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको तेजावी सुन आज प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाऊ पनि आज घटेको छ ।

सोमबार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला ८ सय ६५ रुपैयाँमा निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्