नयाँ टी–२० वरियताः एसोसियट राष्ट्रको शीर्ष स्थानमा नेपाल

काठमाडौंः अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ ।

टी–ट्वान्टी वरियतामा नेपालले टेष्ट राष्ट्र आयरल्याडलाई समेत पछि पार्न सफल भएको छ ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । यस्तै अष्ट्रेलिया तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्