उडेको केहीबेरमैं दुर्घटना, तारमा अल्झियो विमान

इटालीमा एक विमान दुर्घटना भएको छ । विमान जमिनभन्दा कैयौँ फिट माथि तारमा अल्झिएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

घटना थाहा पाउने बित्तिकै खटिएको उद्दार टोलीले दुई घण्टामा विमानमा रहेका सबै यात्रुहरुको सफल उद्दार गरेको थियो ।

विमानको पंखामा बसेको व्यक्तिलाई उद्दार टीमले निकाल्दै गरेका छन् ।

विमानले उडेको केहीबेरमा नै सन्तुलन गुमाएपनि दुर्घटना हुन पुगेको हो ।

यदि विमान तारमा नअल्झिएर जमिनमा बजारिएको भए विमानमा सवार सबैको ज्यान जान सक्थ्यो, समाचारमा उल्लेख छ । एजेन्सी

कमेन्ट गर्नुहोस्