घर लुटेपछि चोरले लेखे, ‘भाउजू तपाई अति नै राम्री हुनुहुन्छ’

काठमाडौंः एक ब्यापारीका लागि छठमा ढोका थुनेर घर जानु निकै नै महँगो साबित हुन पुग्यो । एक चोरले उनले घरमा आएर ६० लाख चोरी गर्‍याे । र, व्यापारी र उनकी श्रीमतीबारे आफ्नो भावना ऐनामा लेखेर फरार भयो ।

यो घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहाँका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरेको छ । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।

याे पनि पढ्नुस  भगवान् बाघ बनेपछि चोरको उड्यो सातोपुत्लो

यसपछि चोरले ड्रेसिङ टेबलको सिसामा लिपिस्टिकले लेखे ‘भाउजु तपाई निकै नै राम्री हुनुहुन्छ’ दाई अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरेका छन् । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईले धेरै–धेरै उन्नती गर्नुहोस्’

चोरले दराजदेखि खाट वरिपरिका सबै समानहरु अस्तव्यस्त पारिदिएका थिए । पीडितले पत्रकार नगर थानामा चोरीको मुद्धा दर्ता गरेका छन् ।

कमेन्ट गर्नुहोस्