काठमाडौं, भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहली ३० वर्ष पुगेका छन् । जन्मदिन मनाउन श्रीमती अनुष्का शर्मासँग भुटान पुगेका कोहली भुटानी ग्रामीण जनजीवनमा रमाएका तस्वीर सार्वजनिक भएका छन् ।
जन्मदिनकै दिन बिराटले आफैलाई सम्बोधन गरेर निकै भावुक पत्र समेत लेखेर सार्वजनिक गरेका छन् ।
अंग्रेजीमा लेखिएको उनको पत्रमा लेखिएको छ ?
हाई चिकु, सबैभन्दा पहिला जन्मदिनको हार्दिक शुभकामना । म विश्वस्त छु, तिमीले आफ्नो भविष्यका बारेमा कैयन जिज्ञासा सजाएर राखेको हुनुपर्छ । म ती सबैको उत्तर दिन गइरहेका भने छैन ।
म तिमीलाई भन्न गइरहेको छु, जीन्दगीले बिराटका लागि निकै राम्रा र ठूला कुरा सँगालेर राखेको छ । तर तिमीलाई भविष्यमा आइपर्ने हरेक चुनौतीका लागि तयार भएर बस्नु पर्नेछ । अनि मौका आउनेबित्तिकै तिनीहरुलाई छोप्नुपर्छ । कुनै पनि कुरा हलुका रुपमा लिनु छैन ।
तिमी असफल हुनसक्छौ, हरेक मानिस हुन्छन । तर तिमी आफैसँग वाचा गर कि अगाडि बढन कहिल्यै पनि छोडेन छैनौं । तिमीले कोशीस गरिराख्नु पर्ने छ ।
तिमीलाई कैयन मानिसले मन पराउलान, कैयनले मन नपराउलान । यसमा कैयनलाई तिमी चिन्दैनौ पनि होला । तर उनीहरुको वास्ता नगरेर तिमीलाई आफैमाथि विश्वास राख्नुपर्ने छ ।
मलाई थाहा छ, तिमी ती जुत्ताको बारेमा सोचिरहेको हुनुपर्छ जुन बुवाले तिमीलाई उपहारमा दिएनन । तर बुवाले आज बिहान अँगालो हालेको या तिम्रो लम्बाईलाई लिएर जिस्किएको कुरासँग यी जुत्ताको तुलना गर्न सकिन्न । मलाई थाहा छ, उनी निकै कठोर होला यतिखेर किनभने उनी तिम्रो भलाई चाहन्छन् । (बिराट कोहलीले बुवा गुमाईसकेका छन्, उनले पुरानो सम्झना गर्दै भावावेषमा यो लेखेको हुनुपर्छ– अनुवादक) ।
कैयौपटक तिमीलाई लाग्न सक्छ कि बुवा आमाले हामीलाई बुझ्न सक्दैनन । तर हरेक स्थितिमा उनी नै हामीलाई सबैभन्दा बढी माया गर्छन भन्ने कुरा कहिल्यै नबिर्सिनु । तिमी पनि उनीहरुलाई माया गर, आदर गर । तिमी उनीसँग समय बिताउन सक्छौ । बुवालाई म तपाईलाई निकै मया गर्छु भन । वहाँलाई आज भन, भोली भन्नु, अनि सधै भन्दै रहनु ।
अन्तमा आफ्नो मनको कुरा सुन्नु । आफ्ना सपना पुरा गर्नका लागि कोशिस गर्नु । दयालु बन्नु । सपनाले कसरी परिवर्तन ल्याउँछन भन्ने कुरा देखाइदेउ । जस्तो छ त्यस्तै रहनु । परोठाको मजा लिँदै गर्नु । हरेक दिनलाई सुपर बनाउनु ।
एभरेष्टदैनिकका लागि अनुवादित