भगवान् बाघ बनेपछि चोरको उड्यो सातोपुत्लो

काठमाडौंः केही बर्ष पहिले तनहुँ जिल्लाको भानु नगरपालिकाको एक मन्दिरबाट घण्ट चोरी भयो ।

देबीको मन्दिरबाट घण्टा हराएपछि रात दिन बाघ कराउन थाल्यो र एक दिन पाँच जना सुतेकै ठाउँमा ठूलै मान्छेलाई खायो ।

त्यही दिन भानु नगरबासिका बयस्कहरुले याद गर्छन् र भानुमा चितुवाले मान्छे खानुको पछाडि दैवी शक्ति भएको उनीहरुको बुझाई छ ।

याे पनि पढ्नुस  तनहुँमा खोलामा खस्यो जीप : दुईको मृत्यु, ६ जना घाइते

भानुमा चितुवाको आक्रामणबाट ६ जनाको ज्यान गएपछि नरभक्षी चितुवा मार्नका लागी भएका प्रयासहरु असफल भए ।

पुराना बुढापाकाले यो धर्म र पूजाआजामा समस्या भएका कारण देवीमाता बाघको रुप धारण गरि मान्छे खाएको बताएपछि स्थानीय मिलेर देवीको पूजा धुमधामले गरेका छन् ।

याे पनि पढ्नुस  तनहुँमा कोरोना लक्षण भएकी युवतीको मृत्यु

धार्मिक मान्यता अनुरुप देबि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानीयले देबीको पूजा गर्नुपर्ने बताएपछि भानु नगरपालिकाको वडा नं १ र २ मा सोमबार भव्यरुपमा देबी पूजा भएको हो ।

भानु–१ मा रहेको कालिकाको मन्दिरमा १० वटा बोकाको बली दिएर देवीको पूजा गरिएको वडाध्यक्ष प्रेम लामाले बताए ।

याे पनि पढ्नुस  बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

कमेन्ट गर्नुहोस्