नालापानी–लिपुलेक, कल्ले देला पिउँसे चेक? (कविता)

नालापानी लिपुलेक, कल्ले देला पिउँसे चेक?

नालापानी लिपुलेक
छड्के दौड्यो भारतको उट !
कैसे दिन्छौ घोडे चेक ?
नालापानी लिपुलेक !
कल्ले देला पिउँसे चेक ?

सत्तापक्ष , प्रतिपक्ष ??
छौ की कतै नतमस्त !
नालापानी लिपुलेक ।
वोल्लो हो कि पल्लो भेग ।
कठै बरै कल्ले गर्ला थुन छेक ।।।

वुद्ध जन्मे यँहा रे ।
उस्तै बन्यो त्यँहा रे ।।
कहाँ ?
यताकोले सोध्यो रे ।
ई,यँहा उताकोले भन्यो रे ।।
खै कहाँ यताकोले भन्यो रे ।
हेर्छस ? देखाइदिम ? धम्की दियो रे ।।
हजुर हैन,
होइन मैले
उ तेल्ले
भन्दै पो थियो रे ।।।

जनता अल्लमल्ल ?
सास फेरेका बल्लबल्ल !
नालापानी लिपुलेक,
सिमानामा झलमल्ल ।

प्रतिपक्ष ट्वा ट्वा….
सकार निदाउदै फ्वा फ्वा…..
नालापानी लिपुलेक ?
कस्ले देला घोडे चेक ?
कैसे होला थुनछेक ?

सरकार चलाउने ट्वाल्ल ।
होली वाइन पिउँने ह्वाल्ल !
सके टालटुल नत्र पकछ्याल्ल !
कोहि यौन क्रिडामै अभ्यस्त ।
कोहि वाइनमा मस्त ,
कोहि अपराधि जोगाउनै व्यस्त ।
विचरा जनता इटा भट्टिमा ध्वस्त !
तर बर्षाैँ पछि अपराधि समात्ने को होस त ?

आयो आयो हल्ला आउँछ !
सुन पक्र्यो मिडियामा छाउँछ ।
पक्रेको लेख्दा गाठी पाउँछ ।।
पक्रेपछि कहाँ गयो ?
कि त्यो शुद्धै भयो ?
यस्तो लेखे पत्रकारले लाठी पाउँछ ।

शान्ती सुरक्षा ?
रक्षा कि भक्षा ? पढेको कति कक्षा ?
अपराधि समाउन ,
आयो आयो पुलिस आयो !
एउटा पागल च्याप्प समायो !
झुम्मिए पुलिस बारुला जस्तै ,
कस्तो रिस अहो मारुला जस्तै ।।

बुटले गोदे
ड्याम्की ड्याम ।
लाठी ठोके
ठ्याम्की ठ्याम ।।
एया……. एया…….
पागल रोयो ।
कुइया कुइया
पुलिस रमायो ।।
पागल समाइयो अपराधि भगाइयो ।
पुलिसको सेवा अहो,
मिलोमतोमा अपराधि भाग्न सघाइयो ।।

शासनधारीहरु जनताको लागि लडे रे ?
थुप्रै जनता मरे,
थुप्रै विदुवा भए,
अपाङ्ग भए,
अलपत्र परे तर आँसु आएन ।
सन्तान गयो ,मन विचल्लीत भयो ।
शासकी भक्कानियो तर रुनै पाएन ?

वालुवाटारको गाईय गुईय ।
खुप्पै मायाँ लाएछ कि ,
केहि दिनमै साईय सुईय ।
भन्दै पो थियो यो मेरै ।
दुखको कमाइ मेरै ,
वालुवाटारको टुक्रो मेरै ।
गर्‍याे फेरि सुक्क ! सुक्क !!
र भन्यो यो मेरै हो धरोधर्म ।
तर नालापानी लिपुलेक
हराउँदा चुप्प ! चुप्प !!
थुक्क नालायक तेरो कर्म ।।

–सूर्य प्रसाद खनाल, गुल्मी

कमेन्ट गर्नुहोस्