फूल दिने बहानामा सांसदमाथि चक्कु प्रहार (भिडियोसहित)

एजेन्सीः हङकङमा चीन समर्थित सांसदमाथि चक्कु प्रहार भएको छ । सरकार विरोधी एक आन्दोलनकारीले फूल दिने बहानामा बुधबार बिहान चक्कु प्रहार गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रदर्शनको विरोधमा रहेका सांसद जुनियस हो क्वान यूलाई ती प्रदर्शनकारीले फूलको गुच्छा दिए लगत्तै झोलाबाट चक्कु निकाली उनको छातीमा प्रहार गरेका थिए । देब्रे छातीमा चोट लागेका हो तथा उनका सहयोगी र ती प्रदर्शनकारीलाई उपचारका लागि ट्युएन मुन अस्पताल लगिएको बताइएको छ ।

गत अप्रिलमा हङकङ सरकारले संसद् सुपुदर्गी विधेयक प्रस्तुत गरेसँगै त्यसको विरोध हुँदै आइरहेको थियो । उक्त विधेयक सरकारले फिर्ता लिइसकेको छ । तर अझै आन्दोलनकारीले स्वतन्त्र हङकङको माग राखी निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्