आलिया अब हलिउडतिर !

काठमाडौंः बलिउड अभिनेत्री आलिया भट्टको पछिल्लो फिल्म कलंकले बक्स अफिसमा खासै कमाल गर्न सकेन । तर, पनि आलिया भट्टको क्रेज भने बढिरहेको छ । अभिनेत्री आलियाको साथमा कयौं बलिउडहरु छन् ।

यसैबीच अब प्रियंका चोपडा र दीपिका पादुकोणपछि आलिया भट्टले पनि हलिउड उद्योगतिर मुभ हुनका लागि आफ्नो पाइला चालिरहेकी छन् । अहिलेको समय उनी लश एञ्जिलसमा छन्, जहाँ उनी त्यहाँका सडकहरुमा रमाइरहेकी छन् ।

एक सुत्रका अनुसार आलियाले चाँढै हलिउडमा इन्ट्री गर्दैछन् । एक सोसल मिडिया पोस्टका अनुसार लश एञ्जिलसको बेवर्ली हिल रोस्टुरामा आलिया भेटिएकी थिइन् । जानकारी अनुसार उनका असल साथी आकांक्ष रंजन कपुरसँग लस एञ्जिलसमा छुट्टी मनाइरहेकी छन् ।

अहिले उनी इन्टरनेशनल सेलिब्रेटी एजेन्टको खोजीमा रहेकी बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: