श्रीमतीलाई मारेर प्रहरी थाना पुगे सुमित

काठमाडौंः भारतको दिल्लीमा एक व्यापारीले आफ्नी पत्नीलाई घाँटी थिचेर हत्या गरेपछि मालवीय नगरस्थित प्रहरी थाना पुगेर प्रहरीलाई घटनाको जानकारी दिएका छन् ।

पहिला त प्रहरीलाई उनको कुरामा विश्वास लागेन । तर आरोपितले भनेपछि प्रहरी उनको घर पुग्यो । त्यहाँ कोठाभित्र पत्नीको लाश थियो ।

आरोपितलाई पक्राउ गरिएको छ । घटना बुधवार बिहानको हो ।

दक्षिण दिल्ली प्रहरीले आरोपितको नाम सुमित मोंगिया हो । उनको पत्नीको नाम दीपिका मोंगिया हो । घटना बुधवार बिहान ९ देखि साढे ९ को बीचमा भएको हो । उनीहरूका दुई सन्तान छन् ।

उनीहरूको विवाह सन् २००९ मा भएको थियो ।

प्रहरीले सुमितलाई पत्नीको हत्या किन गरेको भन्ने प्रश्न गर्दा उनले पत्नी दिनदिनै झगडा गर्थी भने । सुमितलाई आफ्नो परिवारसँग भेट्न पनि पत्नीले रोक्ने गरेको उनले बताए ।

बुधवार बिहान पनि उनीहरूबीच झगडा भएको थियो । रिसको सुरमा सुमितले पत्नीको घाँटी थिचेर मारे । त्यतिखेर घरमा दुवै सन्तान थिएनन् । पत्नीको हत्या गरेर सुमितले कोठालाई बाहिरबाट ताल्चा लगाइदिए । अनि उनी सीधै मालवीय नगर थाना पुगे ।

सुमितले झ्यालको शीशाको व्यापार गर्छन् । उनी खिडकी एक्सटेन्सन नामक स्थानको एक भवनको चौथो तल्लामा बस्छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्