मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट, विद्या भट्टराईले गरिन् मनोनयन दर्ता

पोखराः कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको हो । ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो ।

याे पनि पढ्नुस  नेकपाद्वारा उपनिर्वाचनका उम्मेदवारको टुंगो, कास्की–२ मा विद्या भट्टराई

बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन । यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छिन्।

कमेन्ट गर्नुहोस्