नेपालको भूभाग अतिक्रमण भएकोमा सरकार गम्भीर हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित नक्सामा नेपालको भूभाग अतिक्रमण भएकोमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले आज प्रेस नोट जारी गरी ऐतिहासिक काल देखिका तथ्याङ्क प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्ब वार्ता गर्न र कुटनीतिक ढंगले समस्याको समाधान गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्