जेलमा निःशुल्क खान र बस्न पाइने भन्दै चोरी !

रुकुम पश्चिमः जेलमा निःशुल्क खान, बस्न पाइने भन्दै चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका–१ खलंगाको त्रिवेणि चोकस्थित एक मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले मुसीकोट नगरपालिका–२ रातामाटाका राजु परियार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार परियारले गत १६ कात्तिक राति १२ बजेको समयमा त्रिवेणि गाउँपालिका–५ का निर्मल बिकको मोबाईल पसलमा चोरी गरेका थिए ।

परियारलाई मुसीकोट नगरपालिका–१ खलंगाबाटै पक्राउ गरिएको र उनको साथबाट ३ तीन थान मोबाइल, ३ थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा परियारले यस अघि पनि चोरीको मुद्दामा कैद भुक्तान गरिसकेको र जेलमा निःशुल्क खाना र बस्न पाइने भएले पुनः चोरी गरेको खुलेको डिएसपी खड्काले बताए ।

परियारले यसअघि२३ कात्तिक २०७३ मा मुसीकोट १ खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेको प्रहरीको भनाई छ । उनीमाथि चोरी तथा डाँका सम्बन्धि कसुर मद्दामा जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: