टी–२० सिरिजः बंगलादेशद्वारा भारतलाई १५४ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा बंगलादेशले घरेलु टोली भारतलाई १५४ रनको लक्ष्य दिएको छ ।

भारतको राजकोटमा टस हारेर ब्याटिङको मौका पाएका बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो ।

उसका लागि मोहम्मद नैइमले ३६, सौम्य सरकार, कप्तान महमदुल्लाहले ३०–३०, लिटन दासले २९ रन बनाए ।

बलिङमा युजवेन्द्र चहल २, खलिल अहमद, वासिङटन सुन्दर र दीपक चहरले एक–एक विकेट लिए ।

आज पनि दुवै टिमले अघिल्लै खेलको प्लेइङ ११ लाई मैदान उतारेको छ । भारत रोहित शर्मा र बंगलादेश महमुदुल्लाहको कप्तानीमा मैदान उत्रिएको छ ।

भारत आजको म्याच जिताएर तीन खेलको सिरिज १–१ को बरारीमा ल्याउन चाहन्छ ।

यता बंगलादेशले भने एक खेल अगावै भारतविरुद्धको सिरिज आफ्नो पक्षमा पार्ने योजना बनाएको छ ।

सिरिजको पहिलो खेलमा भारतविरुद्ध बंगलादेश ७ विकेटले विजयी भएकाे थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले भारतलाई हराएको यो पहिलो पटक थियो ।

यस्तो छ दुवै टिमको प्लेइङ–११

भारतीय टिमको प्लेइङ ११

रोहित शर्मा (कप्तान)
शिखर धवन
केएल राहुल
श्रेयस अय्यर

ऋषभ पन्त (विकेटकीपर)
शिवम दुबे
क्रुणाल पाड्या

वशिङटन सुन्दर
युजवेन्द्र चहल
दीपक चहर
शार्दुल ठाकुर।

बंगलादेश टिमको प्लेइङ ११

सौम्य सरकार
लिटन दास

मोहम्मद नईम
मुशफिकुर रहीम (विकेटकीपर),

महमदुल्लाह (कप्तान)
मोसाद्देक हुसैन,

अफीफ हुसैन
अमीनुल इस्लाम
सैफुल इस्लाम

मुस्तफिजुर रहमान
अल–अमीन हुसैन

कमेन्ट गर्नुहोस्