युरोपा लिगः युनाईटेड लिगको अन्तिम ३२ मा प्रवेश

एजेन्सीः म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

बिहीबार समूह एलको खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेड नकआउट प्रवेशको टुङ्गो लागेको हो ।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे । खेलमा अग्रता युनाईटेडले ग्रिनउडको गोलबाट २१ औ मिनेटमा लिएको थियो ।

मार्टियलले ३३ औ मिनेटमा युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । मार्कुस रासफोर्डले ४९ औ मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को शानदार जित दिलाएका थिए ।

समूह एलमा शीर्ष स्थानको युनाईटेड ४ खेलबाट १० अंक जोड्यो । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लियो । लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: