एमसीसीविरुद्ध करनको उत्कृष्ट बलिङ, एक्लैले लिए ३ विकेट (स्कोरबोर्ड)

काठमाडौंः प्रथम श्रेणी क्रिकेटको पहिलो इनिङ्समा नेपाललाई १५३ रनमै समेटेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दोस्रो इनिङ्समा पाँचाै विकेट गुमाएको छ ।

उसले पाँचाै विकेटकारुपमा विलियम भान्डरस्परलाई शून्य रनमा गुमाएको हो । उनलाई करन केसीले आउट गरेका हुन् । याेसँगै करनलाई दोस्रो सफलता मिलेको छ ।

नेपाललाई ‘फलो अन’ नदिएर दोस्रो इनिङ्सको ब्याटिङ गर्न आएको एमसीसीले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको छ ।

स्कोरबोर्ड हेर्न यहाँ क्लिक गर्नुस्

पहिलो इनिङ्समा नेपाल १५३ रनमै अलआउट

एमसीसी विरुद्धको प्रथम श्रेणी क्रिकेटको पहिलो इनिङ्समा नेपाल १५३ रनमै अलआउट भएको छ । योसँगै पहिलो इनिङ्समा एमसीसीविरुद्ध नेपाल २ सय ११ रनले पछि परेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा सर्बाधिक ३९ रन बनाए ।

सन्दीपले अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।

नेपालको सुरुवात आज पनि निकै खराब रह्यो । पहिलो ओभरमै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा मैदान बाहिरिए ।

त्यसपछि शरद भेषवार ४, राजु रिजाल ८, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख १० रन बनाउँदै  मैदान बाहिरिएपछि नेपाल संकटको स्थितिमा आयो ।

नेपालको इनिङ विनोद भण्डारी र सोमपाल कामीले ७५ रनको साझेदारी गर्दै उकासेका थिए । तर, ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा आउट भए ।

भण्डारीले ५ चौकासहित ३६ रन बनाए । सोमपाल कामी ४ चौकासहित २६ रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको एमसीसीले पहिलो दिन ३११ र दोस्रो दिन ५३ रन जोड्दै ३६४ रन बनाएको छ । एमसीसीले १०० ओभरमा सम्पूर्ण विकेट गुमाएर २६४ रन बनाएको हो ।

उसका लागि विल रोड्सले ७३, यासिर अराफतले ६५,  विल भान्डेर्सपारले ५३, मिल्स हाम्मोन्डले ५२, टम वेस्ट्लीले ३९ रन बनाए ।

बलिङमा करण केसी, सन्दीप लामिछानेले ३–३, शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट लिए ।

बुधबार ‘खराब प्रकाश’का ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको अवस्थामा नेपाल–एमसीसीबीचको खेल रोकिएको थियो । एमसीसीले दोस्रो दिन आज ५३ रन बनायो ।

प्रथम श्रेणीको क्रिकेटमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलगायत ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् ।

कमेन्ट गर्नुहोस्