एमसीसीविरुद्ध नेपालले सस्तैमा गुमायो ५ विकेट

काठमाडौंः प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको ३९३ रनको लक्ष्य पछ्याउने क्रममा आज पनि नेपालले सस्तैमा ५ विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटका रुपमा विकेटकीपर–ब्याट्सम्यान विनोद भण्डारीलाई शून्य रनमा गुमाएको हो ।

यसअघि नेपालले ज्ञानेन्द्र मल्ललाई ६, शरद भेषवाकरलाई १५, राजु रिजाललाई ३१, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमै गुमाइसकेको छ ।

नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पूरा गर्नु पर्नेछ ।

नेपालले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ५ विकेट गुमाएर ७२ रन मात्र बनाएको छ ।

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।

नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।

एमसीसीले पहिलो इनिङ्समा ३६४ र दोस्रो इनिङ्समा १८१ रन बनायो । नेपाल पहिलो इनिङ १५३ रनमै समेटिएको थियो । नेपालले पहिलो इनिङ्समा निकै खराब सुरुवात गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: