५.९ म्याग्नेच्युडको भूकम्प, ५ जनाको मृत्यु

तहरान । इरानमा उत्तरपश्चिमी क्षेत्रमा शुक्रवार बिहानै शक्तिशाली भुकम्प गएको छ। ५.९ म्याग्नेच्युडको भूकम्पका कारण ५ जनाको मृत्यु र १२० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण थुप्रै घरमा क्षति पुगेको छ । आपतकालीन टोलीहरू उद्धारमा खटिएको र रेडक्रसका टोलीहरू पनि पठाइएको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । ठूलो झट्का ४६ पटक परकम्प आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि सन् २०१७ मा इरानको केरमानशाह प्रदेशमा ७.३ म्याग्नेच्युडको भूकम्प जादाँ ६०० जनाले ज्यान गुमाएका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: