एमसीसीविरुद्ध आज पनि सन्दीपको छक्का !

काठमाडौंः प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको अन्तिम इनिङ्समा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गरेका छन् ।

पहिलो इनिङ्समा छक्का–चौकाको वर्षात गरेका सन्दीपले आज पनि छक्का प्रहार गर्न सफल भएका छन् ।

यो समाचार तयार पार्दासम्म उनले २ छक्का र १ चाैकाको मद्दतमा २१ रनमा अविजित रहेका छन् ।

सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए ।

उनले पहिलो इनिङमा २१ बलमा ४ छक्का र २ चौका सहित ३९ रनमा नटआउट रहेका थिए ।

सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दा नेपालका अन्य ब्याट्सम्यान भने मैदानमा धेरै बेर टिक्न सकिरहेका छैनन् ।

नेपालले आठौं विकेटका रुपमा करन केसीलाई १८ रनमा गुमाउन पुग्यो । उनी र सोमपालबीच ४८ रनको साझेदारी भएको थियो ।

यस्तै पवन सरार्फ, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी शून्य, आरिफ शेख १९, शून्य, ज्ञानेन्द्र मल्ल ६, शरद भेषवाकर १५, राजु रिजाल ३१ रनमा आउट भइसकेका छन् । यो समाचार तयार पार्दा क्रिजमा सोमपाल कामी (३१) र सन्दीप लामिछाने (२१) रहेका छन् ।

नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पूरा गर्नु पर्नेछ ।

एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।

नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।

एमसीसीले पहिलो इनिङ्समा ३६४ र दोस्रो इनिङ्समा १८१ रन बनायो । नेपाल पहिलो इनिङ १५३ रनमै समेटिएको थियो । नेपालले पहिलो इनिङ्समा निकै खराब सुरुवात गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: