१८ लाखसहित तीन जना हुण्डी कारोवारी पक्राउ

बीरगंजः पर्सा प्रहरीले आज बिहान वीरगंजको रजत जयन्ती चोकबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

आज बिहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारत बिहार सुगौली बजार बस्ने २२ बर्षिय विक्की कुमार, रक्सौल नागा रोड निवासी २६ बर्षिय सुधिर कुमार र ३० बर्षिय सहिद आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले उनिहरुले प्रयोग गरेको भारतीय नम्बरको विआर ०५ एस ३७९२, विआर०५ वि १४४४ र विआर ०६एआर ३७८९ नम्बरको ३ थान मोटर साईकल समेत नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्