थेसिसको शोधसार अंग्रेजीमा भएको भन्दै पीआरबाट बञ्चित

अचेल अंग्रेजी भाषा जान्नु भनेको विशिष्ट योग्यता जस्तै भैसक्यो। जागिर खोज्ने देखि विदेश जाने र उच्च शिक्षा अध्ययनदेखि समाजमा आफूलाई प्रतिष्ठित देखाउन पनि मानिसहरू अंग्रेजी भाषा अत्यावश्यक रहेको मान्न थालेका छन्।

तर क्यानडामा भने एउटा महिलाले अंग्रेजी भाषा जानेकै कै कारण उनको आप्रवासन आवेदन रद्द भएको छ। क्यानडा अंग्रेजी भाषी देश हो तर यस देशको पूर्वी प्रान्त क्युबेकमा भने फ्रेन्च भाषीहरूको बसोबास रहेको छ।

क्युबेकमा स्थायी बसोबास (पी आर)को स्वीकृति प्राप्त गर्न फ्रेन्च भाषाको ज्ञान प्राथमिकतामा पर्ने गर्दछ । त्यसैले फ्रेन्च भाषी क्षेत्रका मानिसले सामान्यतया सजिलै क्युबेकको पीआर पाउने गर्दछन्।

तर हाल मात्रै क्युबेकमा एक जना फ्रेन्च नागरिकको अप्रवासन आवेदन रद्द गरिएको छ। यसको कारण भने निकै रोचक छ- उनको प्रवेशाज्ञा अस्वीकृत हुने कारण खुलाउँदै भनिएको छ- निजले आफ्नो विद्यावारिधि शोध्सार अंग्रेजी भाषामा लेखेकाले यसले उनमा फ्रेन्च भाषामा यथेष्ट दक्षता नभएको निष्कर्षका साथ उक्त् आवेदन रद्द गरिएको जनाइएको छ।

फक्स न्युजले जनाए अनुसार ३१ वर्षीय एमिली ड्युबोइसले क्युबेकको पीआर प्रपोत गर्न दिनुपर्ने पहिलो आवेदन ‘क्युबेक सेलेक्सन सर्टिफिकेट’का लागि आवेदन दिएकी थिइन्। क्युबेक सिटीस्थित फ्रेन्च ल्याङ्ग्वेज लाभाल युनिभर्सिटीबाट विद्यावारिधि गरेकी उनले आफ्नो शोधसार अङ्ग्रेजी भाषामा लेखेकाले उनको आवेदन अस्वीकृत भएको जनाइएको छ।

“तपाईंले आफ्नो अध्यायन पूर्णतया फ्रेन्च मध्यमबाट पूरा नगरेकाले तपाईंको आवेदन अस्विकारित गरिन्छ। ” ड्युबोइस लाई प्रेषित पत्रमा लेखिएको छ। उनले सेल्युलर मोलिक्युलर बाइलोजीमा गरेको पिएचडी शोधपत्रको सानो अंशमा अंग्रेजी भाषाको प्रयोग गरिएको थियो।

ड्युबोइस ले यस निर्णयप्रति आश्चर्य प्रकट गर्दै प्रतिक्रिया दिएकि छिन, “मैले क्यानाडाकै पहिलो फ्रेन्च मध्यमको विश्वविद्यालयबाट स्नातक गरे, मा फ्रान्सेली नागरिक पनि हुन् र मैले आफ्नो सबै अद्ययाँ फ्रेन्च मध्यमबाट मात्रै गरेकी छु। ”

रेडियो क्यानाडालाई दिएको प्रतिक्रियामा उनले भनिन, “मलाई त टाउकोमाथि पहाड खसेजस्तै पो भयो तर यस्तो किन भन्ने पनि थाहा हुन सकेन। ”

ड्युबोइस २०१२ देखि क्युबेकमा बसिरखेकी छिन्। उनले स्नातकपछि आफ्नै व्यवसाय समेत सुरु गरेकी छिन्।
उनी भन्छिन्, “मेरो जीवन यहीं बित्यो, मलाइ फ्रेन्च आउन्न भनेर तपाईं कसरी भन्न सक्नु हुन्छ ?”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: