पूर्वयुवराज पारसले यसरी गरे मुक्तिनाथ दर्शन (तस्बिरसहित)

जोमसोमः मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन् । पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार हिमालीपारीको जिल्ला मुस्ताङको जामसोम आइपुगेका थिए । बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन् ।

उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन् । पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन् । उनले मुक्तिनाथमा करिब ४५ मिनेट बिताएका थिए ।

मुक्तिनाथको दर्शन गर्न आएका पूर्वयुवराजले शिवजीको मन्दिरमासमेत दर्शन गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । १०८ धारामा स्नान गरेर पारसले फेरि मुक्तिनाथ आउने भाकल गरेको पुजारी सुवेदीको भनाइ छ ।

मुक्तिनाथ दर्शन गर्दै पूर्वयुवराज पारस शाह । तस्बिर सौजन्यः द रोयल फेमली नेपाल

पारस आफ्ना निकट सहयोगीका साथ मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर करिव २ किमी दुरीमा घोडा चढेका थिए । मुस्ताङ भ्रमणका लागि आएका पारसको टोलीले २ वटा जीप र केही मोटर साइकल ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: