श्रीलंकापछि पाकिस्तान विरुद्धको सिरिज पनि अष्ट्रेलियाद्वारा ‘क्लिन स्विप’

काठमाडौंः केही दिनअघि मात्र श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज ‘क्लिन स्विप’ गरेको अष्ट्रेलियाले पाकिस्तानसँगको श्रृखला पनि ‘क्लिन स्विप’ गरेको छ ।

आज अन्तिम तथा तेस्रो खेलमा १० विकेटले विजयी भएसँगै पाकिस्तान विरुद्धको सिरिज अष्ट्रेलियाले २–० ‘क्लिन स्विप’ गरेको हो ।

अन्तिम खेलमा पाकिस्तानले दिएको १०७ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ११.५ ओभरमा बिनाविकेट पूरा गर्यो । उसका लागि कप्तान आरोन फिन्च ५२ र डेभिड वार्नरले नटआउट ४६ रन बनाए ।

यअसघि टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।

उसका लागि इफ्तिखर अहमदले ४५ र इमाम उलहकले १४ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा अष्ट्रेलियाका केन रिचडर्सनले ३, मिचेल स्टार्क, शेन एबटले २–२ र एश्टन अगरले १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्