नेपाल–युरोपेली संघ सम्बन्धबारे परराष्ट्रमन्त्रीसँग छलफल

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल–युरोपेली संघ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उनीहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्