‘द बेल्ट एन्ड रोड’ तेक्वान्दोमा नेपालले जित्यो तीन कांस्य

काठमाडौं– द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले तीन कांस्य पदक जितेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपालका एक पुरुष र दुई महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए ।

पुरुष ५४ केजीमा मनोज मल्ल तथा महिला ४६ केजीमा काजल श्रेष्ठ र ४९ केजीमा युनिशा राईले कांस्य जितेका हुन् ।

कमेन्ट गर्नुहोस्