हुम्लामा हिमपात सुरु

सिमकोटः माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ । बिहीबारबाट वर्षा भएपछि सदरमुकाम सिमकोट माथिको बोक्सी डाँडामा हिमपात सुरु भएको हो ।

सिमकोट गाउँपालिकाको चाङ्ला, रलिङ, पञ्चमुखी क्षेत्रको माथिल्लो भागमा हिउँ जमिसकेको छ भने नाम्खा गाउँपालिकाको सबै वडाको माथिल्लो क्षेत्रमा हिउँ जमेको छ।

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ । चिसो बढ्दा मानिसहरुले बाक्ला र न्याना कपडाहरु लगाउन थालेका छन् ।

यो हिमपातपछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी जाने न्यालु लेक पनि बन्द भएको छ ।

कमेन्ट गर्नुहोस्