लगातारको अतिक्रमणका कारण साँघुरिँदै टुँडिखेल

काठमाडौंः मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ ।

काठमाडौंको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो ।

जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ ।

संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् । यो समचार आजको राजधानी दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: