टी–२० सिरिजः यस्तो छ भारत र बंगलादेशको सम्भावित प्लेइङ ११

काठमाडौंः भारत र बंगलादेशबीच तेस्रो टी २० खेल आइतबार नागपुरस्थित विदर्भ क्रिकेट एसोसिएसन मैदानमा हुँदैछ । यस अघिका दुई खेलमा दुवै टीमले एक-एक जीत हासिल गरेकाले यस खेलमा शृंखला जित्न दुवै टीमलाई जित्नै पर्ने दबाब रहनेछ ।

भारतले जितेमा यो उसका लागि घरेलु मैदानमा वर्षकै पहिलो टी-२० शृंखला  हुनेछ भने बंगलादेशले जितेमा यो उसको भारतविरुद्ध पहिलो शृंखला जीत हुनेछ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतविरुद्ध मोहम्मदको शानदार अर्धशतक

भारतको सम्भाव्य प्लेइङ ११ यसप्रकार रहेको छ:

रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, ऋषभ पन्त (विकेट किपर), शिवम् दुबे, क्रुणाल पाण्ड्या, वासिङटन सुन्दर, दीपक चहर, युजवेन्द्र चहल, खलील अहमद अथवा शार्दुल

त्यस्तै बंगलादेशको सम्भाव्य प्लेइङ ११ यसप्रकार छ:

याे पनि पढ्नुस  दीपकको कीर्तिमानी बलिङमा बंगलादेशसँगको सिरिज भारतले जित्यो

लिटन दास, मोहम्मद नईम, सौम्य सरकार, मुस्फिकुर रहिम (विकेट किपर), महमुदुल्लाह (कप्तान), अफिफ हुसेन, मोसादेक हुसेन अथवा मोहम्मद मिथुन, अमिनुल इस्लाम, शैफुल इस्लाम, मुस्तफिजुर रहमान, अल-अमिन हुसेन ।

कमेन्ट गर्नुहोस्