धादिङबाट काठमाडौं आउँदै गरेको बसमा ८ केजी चरेस, एक जना पक्राउ

काठमाडौंः प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आठ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–२ भुमेस्थान सिम्ले बस्ने ५५ वर्षीय सोनाम वाइबा रहेका छन् ।

धादिङबाट काठमाडौं आउँदै गरेको बा३ख २८४० नम्बरको बस जाँच गर्ने क्रममा ८ केजी ५.३५ ग्रामसहित वाइबालाई महानगरीय प्रहरी प्रभाग नागढुङगाले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्