आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौंः साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेकोे छ ।

आइतबार ७१ हजार रुपैयाँ पुगेको सुन आज प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार ७० हजार ७ सय रुपैयाँमा पुगेको तेजावी सुनको मूल्य सोमबार बढेर ७० हजार ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाऊ ५ रुपैयाँले बढेर आज प्रतितोला ८ सय ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।


कमेन्ट गर्नुहोस्