वानडे क्रिकेट सिरिजः अफगानिस्तानविरुद्ध शाई होपको शतक

काठमाडौंः अफगानिस्तान विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजका शाई होपले शतक बनाएका छन् ।

उनले ३ छक्का र ७ चौकाको मद्दतमा १ सय ३३ बलमा शतक बनाएका हुन् ।

एकदिवसीय क्रिकेटमा होपको यो सातौं शतक हो ।

ओपनर तथा विकेटकीपरसमेत रहेका उनले अफगानिस्तान विरुद्धको जारी सिरिज उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

उनले पहिलो खेलमा नटआउट ७७ र दोस्रो म्याचमा ४३ रन बनाको योगदान दिएका थिए । तीन खेलको सिरिजमा वेस्ट इन्डिज २–१ ले अग्रता बनाएको छ ।

सिरिजको अन्तिम खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

भारतको लखनउमा टस हारेर ब्याटिङको मौका पाएको ७ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

उसका लागि अश्घर अफगानले ६ छक्का र ३ चौकाको मद्दतमा ८५ बलमा ८६ रन बनाए ।

यस्तै मोहम्मद नाबीले नटआउट ५०, हजरतुल्लाह जजाईँले पनि ५०, नजिबुल्लाह जर्दानले ३० रनको योगदान दिए ।

बलिङमा वेस्ट इन्डिजका किमो पउलले ३, अल्जारी जोसेफले २, रोस्टन जेस र रोमारियो शेफर्डले एकएक विकेट लिए ।

तीन खेलको सिरिजमा वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्